उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टसको डिलरलाई टाटा एच फाईभ


भदौ ३१, काठमाडौं । टाटा मोटर्सद्वारा सञ्चालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरिएको छ ।
नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरु मध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयसलाई उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मान गरिएको हो । सम्मान स्वरुप टाटा मोटर्सद्वारा टाटा एच फाईभ प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा टाटा मोटर्सका आई वि हेड (पार्टस्) राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टस्लाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराइएकोमा धन्यवाद व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा सिप्रदी अटो पार्टसका महाप्रवन्धक युवराज बुढाथोकीले स्थानीय व्यवसायीसँग सहकार्य गदै देशभरी टाटा जेन्युईन पार्टस्लाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरहरुलाई प्रोत्साहन तथा सम्मानका अन्य थुप्रै कार्यक्रमहरु लिएर आउने प्रतिबद्धता जनाए । आउँदा दिनमा अझै थुप्रै च्याम्पियन जोन तथा रिटेलरहरुलाई लक्षित गरी विविध कार्यक्रमहरु ल्याइने उनको भनाइ छ ।
