भायनेटले ल्यायाे दशैँ तिहार TV उपहारकाे अफर

भाद्र २६, काठमाडाैँ । भायनेट कम्युनिकेसन्सले भाद्र २६ गतेदेखि दशैँ र तिहारकाे अवसर पारेर आफ्नो ग्राहकहरुको लागि “भायनेट दशै तिहार TV को उपहार” नामक नयाँ अफर ल्याएको छ । 

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी Channel भएको NETTV को साथ SKYWORTH को ३२ र ४० इन्च टि.भि भारी छुटमा प्राप्त गर्न सक्नेछन् ।  इन्टरनेट र टि.भि.का ग्राहक बन्ने ग्राहकहरुले ३२ र ४० इन्चको SKYWORTH एलईडी टि.भि घरमै लैजान सक्ने भायनेटले जनाएकाे छ । 

वार्षिक रु २५,९९० प्लस VAT को मुल्यमा ग्राहकहरुले ५० mbps स्पिडको इन्टरनेट र २३० भन्दा बढि च्यानल भएको NETTV को साथ SKYWORTH को ३२ इन्च टि.भि घरमै लैजान सक्नेछन् । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भायनेटले SKYWORTH को ४० इन्च टि.भि र इन्टरनेटको Combo Pack पनि ल्याएको छ ।   

वार्षिक रु ३४,५४५ प्लस VAT को मूल्यमा ग्राहकहरुले ५० mbps स्पिडको इन्टरनेट र २३० भन्दा बढि च्यानल भएको NETTV को साथ SKYWORTH को ४० इन्च टि.भि घरमै लैजान सक्नेछन्  । साथै प्रथम २०० जना ग्राहकहरुले थप रु १४७५ को डिस्काउन्ट पाउनेछन् ।   

विगत १९ वर्ष देखि भायनेट कम्युनिकेसन्सले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्दै आइरहकाे छ । भायनेटले हाल बिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भिसेवा सुचारु गरेको बताएकाे छ । 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *