प्रहरीलाई घुस दिन खोज्ने तामाङ पक्राउ

२०७६ असोज २ गते

असोज २, काठमाडौँ । गएराती काठमाडौँमा प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ भद्रकालीस्थित सडकमा चेकजाँच गर्ने क्रममा काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई पक्राउ गरिएको हो ।
मादक पदार्थ सेवन गरी बा.८३ प ५९८५ नम्बरको मोटरसाइकल चलाएका तामाङले कारवाहीबाट बच्न प्रहरीलाई घुस बापत १ हजार रकम दिन खोजेपछी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका तामाङमाथी कारवाहीको लाथि थप अनुसन्धान भईरहेको छ ।

२०७६ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित