मिसेस नेपाल इन्टरनेसनल–२०१९को उपाधि भाविषालाई

असोज ६, काठमाडौं । सन्तुर मिसेस नेपाल इन्टरनेसनल–२०१९को उपाधि भाविषा कोइराला चटौतले हात पारेकी छिन् । रिवन इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल–२०१९ मा अभिनेतृ करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधि दिइयो । 

 प्रतियोगिताको टाइटल भने गैरसरकारी संस्थामा कार्यरत भाविषा कोइराला चटौतले हात पारिन् । गत शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उनले ३६ प्रतिष्पर्धीलाई पाखा लगाउँदै उपाधी जितिन् । उनी प्रतियोगितामा फेसन आइकन समेत भइन् । उनलाई स्कुटर पुरस्कार प्रदान गरिएको छ ।   

प्रतियोगितामा महोत्तरीकी स्त्रीरोग विशेषज्ञ डा. रंगिना लाइकंग्बम एमएस नेपाल इन्टरनेसनल–२०१९ भएकी छिन् । उनले लेडी विथ कम्प्यासनको उपाधि पनि जितिन् । भाविषा र रंगिनाले उपाधि जितेबापत सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । 

पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल प्रमुख निर्णायक तथा मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सविता लामिछाने, मिस नेपाल–२०१५ इभाना मानन्धर र गायक डा. आभाष लाभ प्रतियोगिताका निर्णायक थिए ।   

प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनर्सअप, स्नेहा राउत थापा सेकेन्ड रनर्सअप र बेस्ट पर्सनालिटी, सबनम खरेल थर्ड रनर्सअप र बेस्ट र्याम्प वाक भए । भने, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाइस, कुस्मादेवी खाँड मल्ल मस्ट पपुलर र मस्ट फ्रेन्डली तथा आश्मा तामाङ पब्लिक च्वाइस र मस्ट गर्जियस भए । 

प्रतियोगितामा सुशीला श्रेष्ठ मस्ट क्रियटिभ, सरस्वती बुढाथोकी बेस्ट ग्लोइङ स्किन, रूपा शाह बेस्ट हेयर, इन्दिरा रानाभाट ब्युटिफुल स्माइल, सन्ध्या घिमिरे मल्टी मिडिया च्वाइस, एलिजा महत युट्युब बेस्ट भ्युज, सिर्जना पाण्डे मस्ट ट्यालेन्टेड, प्रतीमा ज्ञवाली म्यानेजमेन्ट च्वाइस, बिना जोशी चन्द मस्ट ब्युटिफूल, प्रतीमा मल्ल बेस्ट डान्सर, नम्रता शर्मा मस्ट ऐक्टिभ, सविना चालिसे मिसेस कन्जिनियलिटी, नीरा तामाङ सोसल्ली एक्टिभ, सुशीला भट्ट मिसेस फोटोजेनिक र विमला केसी लेडी विथ पर्पस भएका छन् । प्रतियोगिताको कोरियोग्राफि अश्विनी झाले गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *