ठगी मुद्दाका फरार प्रतिवादी थापा पक्राउ

२०७६ असोज ६ गते

असोज ६, काठमाडौँ । बैदेशिक रोजगार ठगी मुद्धामा फरार रहेकी एक प्रतिवादीलाई प्रहरीको पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १० कि बिमला थापा रहेकी छिन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत काठमाडौंको फैसलाबाट एक लाख ५० हजार कैद र १ वर्ष ६ महिना सजाय तोकेपछी उनी फरार रहदै आईरहेकी थिईन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी थापालाई काठमाडौं जिल्ला अदालत मार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको प्रहरीले जनाएको छ ।

२०७६ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित