धादिङमा जिप दुर्घटना हुँदा १५ घाइते, दुईको अवस्था गम्भिर
२०७६ भदौ १५ गते

भाद्र १५, धादिङ । आईतबार बिहान धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा बोलेरो जिप दुर्घटना भएको छ ।
खरीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालकले जिपलाई नियन्त्रणमा लिन नसक्दा उक्त दुर्घटना भएको हो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित









