क्षेत्रिय होटल संघ नेपाल चितवनको अध्यक्षमा भट्टराई

भाद्र २१, चितवन । क्षेत्रिय होटल संघ नेपाल चितवनको अध्यक्षमा दिपक भट्टराई चयन भएका छन् । संघको सौराहामा भएको आठौँ अधिवेशनमा भट्टराई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् । संघको बरिष्ठ उपाध्यक्षमा राममणि खनाल, उपाध्यक्षहरुमा  अन्जन कुमार विष्ट, योगेन्द्रनाथ अधिकारी, गंगा गिरी, टिका गिरी र ओम पाण्डे चयन भएका छन् । 

त्यस्तै महासचिवमा गुणराज थपलिया, कोषध्यक्षमा माधव दुवाडी, सचिवमा बविता चौधरी, सह सचिवमा लजिक श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत खडानन्द शर्माले जानकारी दिए । त्यस्तै सदस्यहरुमा प्रकाश भट्टराई, सन्तोष गिरी, सुरज पौडेल, हरि श्रेष्ठ, राजेन्द्र भण्डारी चयन भएका हुन् । सदस्य पदमै हेटौडा इकाईबाट भागिरथ शर्मा, पश्चिम चितवनबाट गणेश शर्मा पौडेल, नवलपरासीबाट डि बी चौधरी र हाइवेबाट प्रल्हाद बिष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।  

सर्वसम्मत चयन भएका सबैलाई निर्वतमान अध्यक्ष सुमन घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए । दुईबर्षे कार्यकालको लागि भट्टराईको नेतृत्वमा २५ सदस्य कार्यसमिति चयन भएको हो । दुईजना आमन्त्रित सदस्य चयन हुन बाँकी रहेको छ । संघमा कुल ९३ जना सदस्य रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *