नयाँ नोटको सटही सुरु, नोट साट्न सर्वसाधारणको भीड

असोज १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ ।   

राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराइएको राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ । सटही सुविधा असोज १०–१७ गतेसम्म उपलब्ध हुनेछ । 

 ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नयाँ नोट सटही गर्न सक्नेछन् ।   

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकास्थित कार्यालयबाट नोट सटही गरिएको छ । नोट सटही उपलब्ध गराएसँगै आज बिहानै देखि बैंकहरुमा भीड लागेको छ ।   

नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ । राष्ट्र बैंकसँगै अन्य बैंकले नयाँ नोट वितरण थालेपछि बिहानैदेखि बैंकहरूमा भीड लागेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *