नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा बनेसँगै नेपालका लागि अमेरिकी राजदूतको सक्रियता बढ्दै, चीन भन्छ– ‘विचार निर्यात गर्ने मुलुक होइन,’ दशैंमा भारतबाट फर्कने नेपालीलाई सास्ती

असोज १०, काठमाडौँ । आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा फरकफरक विषयमा प्रमुख समाचार छापिएको छ । आजको कान्तिपुर दैनिकमा दशैमा नेपालीलाई दशैंमा घर फर्कन सास्ती विषयमा साचार छापेको छ ।   

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोर्नुपरेको छ । उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा चिन्ता बढेकोे छ ।   

निगमले दिल्ली–काठमाडौं दुई उडान गर्दै आएको थियो । बिहान एयर बसको न्यारो बडी र साँझ एयरबसकै वाइड बडी सञ्चालनमा थियो तर निगमका दुईवटा वाइडबडी मध्ये कलसाइन नाइन एन एलवाई वाइड बडी ग्राउन्डेड भएपछि निगमको दैनिक उडान तालिका प्रभावित हुन थालेको हो ।   

निगमको न्यारो बडीको १५८ र वाइडको २७४ यात्रु बोक्ने क्षमता छ । मंगलबारसम्म समय कही ढिलो गरेर भएपनि दिल्ली काठमाडौँ उडान भइरहेकामा बुधबारदेखि दैनिक एउटा मात्र उडान हुन थालेको छ । यो समाचार आजको कन्तिपुर दैनिकले छापेको छ ।   

आजको अन्नपूर्ण पोस्टमा नेपालका लागि अमेरिकी राजदूतले काँग्रेस नेतालाई भेटेको समाचार छापेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।   

उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन् । त्यस क्रममा राजदूत बेरीले पछिल्लो राजनीतिक घटनाबारे छलफल गरेका छन् ।   

देउवासँग भएको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार रहेको भनेर बुझ्न चाहेको विज्ञहरुको आँकलन छ । देउवा निकट नेताहरुले भने राजदूतसँग दुई देशबीचका सम्बन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको बताएका छन् । त्यस्तै अन्नपूर्ण पोस्टमा नै चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने विषयमा समाचार छापेको छ । अन्नपूर्ण पोस्टका अनुसार चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक छलफल’ लाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि चीनले यस्तो स्पष्टीकरण दिएको हो ।   

‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,’ चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘हामीले पहिले पनि अन्य मुलुकमा विचार निर्यात गर्दैनथ्यौं । आगामी दिनमा पनि गर्दैनौं ।’ 

राजधानिको एक कार्यक्रममा राजदूत होऊले राष्ट्रपति सी चिनफिङको विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेको बताइन् । राजदूत होऊले दुई कम्युनिस्ट पार्टीबीचको बैचारिक बहसलाई अन्यथा लिन नहुने बताइन् ।   

अन्य पत्रपत्रिकाहरुले पनि फरकफरक विषयमा फ्रन्टपेजमा समाचार छापेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *