नोबेलमा निःशुल्क दन्त स्वास्थ्य शिविर

भाद्र २४, बिराटनगर । नोबेल शिक्षण अस्पतालमा मुखको क्यान्सर सम्बन्धि दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोबेल अस्पताल, धुलिखेल अस्पताल, जापानको ओआईटिए विश्वविद्यालय र नेपाल डेन्टल एशोसिएसन मोरङको संयुक्त आयोजनामा शिविर गरिएको हो । 

शिविरमा मुखको क्यान्सर सम्बन्धि परिक्षण तथा बिरामीलाई उपचार परामर्श दिईएको थियो । नोबेल अस्पताल परिषरमा दुई दिनसम्म चलेको शिविरबाट ५ सय भन्दा बढीले सेवा लिएको नोबेल अस्पतालका दन्त बिभाग प्रमुख डा.धिरेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार १ सय ५० जना बिरामीमा क्यान्सरको लक्षण देखिएको छ भने ३५ जना बिरामीमा मुखको क्यान्सर पत्ता लागेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *