‘भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’ अब नयाँ टेलिश्रृंखलाबाट आउँदै

  

भाद्र २३, काठमाडौँ । लोकप्रिय हाँस्यश्रृखला ‘भद्रगोल’बाट बाहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम अब नयाँ टेलिश्रृङ्खला मार्फत दर्शक सामु आउने भएका छन् ।   

असोज २ गतेदेखि  सुरु हुने उक्त टेलिश्रृङ्खला बिहिबार राती ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए पनि  टेलिश्रृङ्खलाको नाम भने गोप्य राखिएको छ ।  उक्त टेलिश्रृंखलाको  नाम केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उनीहरुको योजना छ ।   

Image may contain: 4 people, people smiling, people standing and beard

सबै टिम मेम्बरले साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृंखलाको बारेमा जानकारी दिएका हुन् ।   

जेपिटी क्रियसन मार्फत तयार हुने यस  टेलिश्रृंखलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहको छ भने अहिलेको नयाँ टेलीश्रृङ्खलामा भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै निर्माण हुने  अर्जुन (पाँडे) घिमिरेले जानकारी गराएका छन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *