चितवनमा चाडपर्व लक्षित सुरक्षा योजना,क्लीन चितवन अप्रेशन

भदौ २७,चितवन।  विगतका वर्ष जस्तै यस वर्ष पनि चाडपर्वलाई लक्षित गर्दै चितवन प्रहरीले सुरक्षा योजना लागू गरेको छ ।  

 गत वर्षकै क्लीन चितवन अप्रेशन नाम दिएर जिल्ला प्रहरी कार्यालयले हिन्दुहरुको महान चाडपर्वहरु दशै,तिहार,छठ लगायतलाई मध्यनजर गर्दै ७१५ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागू गरेको हो ।  

भयरहित वातावरणमा चाडपर्व मनाउने वातावरण सृजना गर्न शनिवारदेखी सुरक्षा योजना सुरु हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले शुक्रवार आयोजित पत्रकार भेटघाटका क्रममा जानकारी दिए । सुरक्षा योजना जिल्ला प्रहरी कार्यालय र यसका मातहतमा लागू हुनेछ ।  

भयरहित,सुरक्षित रुपमा चाडपर्व मान्नु पर्छ,त्यसका लागि प्रहरी संवदेशनशील छ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक मल्ल भन्छन् – शान्त जिल्ला वनाउनै क्लीन चितवन अप्रेशन सुरु गर्दैछौ । सुरक्षा योजनामा पुरानै योजनाहरु समावेश छन् ।  चाडपर्व शान्त ,दुर्घटनारहित वनाउन जिल्ला भर १२ वटा मोवाईल गस्ती,१७ वटा  पोईन्टमा मोटरसाईकल गस्ती,८ वटा पोईन्टमा पैदलगस्ती,२७ स्थानमा पिकेट ड्युटीमा प्रहरीलाई परिचालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए ।  

त्यस्तै जिल्लाको मुख्य राजमार्ग र भित्री सडकमा ६ वटा गाडीमा गस्ती,सादा पोशाकमा आवश्यकता अनुसार प्रहरी परिचालित हुनेछन् । सादा पोशाकका प्रहरीलाई अपराध नियन्त्रण र सुचना संकलनमा मात्रै खटाईने प्रवक्ता कोईरालाले वताए । सुरक्षा योजनाले सवारी दुर्घटना न्युनिकरण,अवैध वस्तु भित्रन रोक्ने, लुटपाट,ठगी गुण्डागर्दी नियन्त्रण गर्ने,कालोवजारी निस्तेज पार्न मद्यत पुग्ने प्रवक्ता कोईरालाको दावी छ ।  

जिल्लाको सुरक्षाका लागि विग्रीएका मध्ये ३८ वटा सिसि क्यामेरा मर्मत गरी पुन संचालनमा रहेका छन् । पत्रकार भेटघाटमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक(डिएसपी) शालिकराम पौडेलले चितवनमा लागू औषध दुव्र्यसन डर लाग्दो अवस्थामा रहेको उल्लेख गर्दै यो विषय चुनौतीको रुपमा रहेको वताए ।   

३ ठाउँमा हेल्पडेक्स   

चाडपर्व र नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै भरतपुरको तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने छ । भरतपुरको केन्द्रित वस टर्निमल,पोखरा वसपार्क र पुल्चोकमा यात्रु सहायता कक्ष राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) दानवहादुर मल्लले वताए । 

 चाडवार्डको मौका छोपी यातायात व्यवसायीबाट यात्रु ठगिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गर्न लागिएको उनले वताए । त्यहाँ यातायात व्यवसायीका प्रतिनिधीसहित ट्राफिक प्रहरी र नेपाल प्रहरी वस्नेछन् । वढि भाडा लिएमा ,यात्रुलाई दुव्र्यवहार भएमा हेल्पडेक्समा जानकारी गराए तुरुन्त कारवाही गरिने एसपी मल्ले वताए । चाडपर्वकै वेला सवारी दुर्घटना वढि हुने भएकाले एउटा वसमा दुई चालक अनिवार्य रहनु पर्ने प्रहरीले जनाएको छ । दुई जना चालक भए नभएको बारे कडाई गरिने एसपी मल्लले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *