संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन जना पक्राउ

असोज ४, बाँके । संविधान जलाएको आरोपमा चार जना पक्राउ परेका छन् । थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।   

संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार उनीहरुलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । 

 संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान जनाउनेमाथि केन्द्रीय आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी नायब उपरिक्षक शाहीले बताए ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *