नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीद्वारा समझदारी पत्रमा हस्ताक्षर

असोज ७, काठमाडौँ । मंगलबार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच  समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

मंगलबार दिउँसो नागपोखरीस्थित मेरियट होटलमा आयोजित गरिएको कार्यक्रममा नेकपा र सीपीसी पार्टीबीच आपसी सहयोग र सहकार्यका लागि  समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा  हस्ताक्षर गरेका हुन्। 

दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाका लागि समझदारी गरिएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका हुन् । उनको अनुसार  ‘आपसमा विचार, भ्रमण, अध्ययन आदानप्रदानका लागि नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । ’ 

नेकपाका अनुसार समझदारी पत्रमा हस्ताक्षरसँगै आजको पहिलो कार्यक्रम सम्पन्न भएको छ भने ‘विचारधारात्मक छलफल कार्यक्रम’ जारी नै रहेको छ। अबको कार्यक्रम थप दुई सत्र मा सञ्चालन हुनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *