विप्लवलाई सरकारकाे अर्को झड्काः उपत्यका इन्चार्ज पक्राउ

असोज ७, काठमाडौं । विप्लव माओवादी प्रति अनुदार बन्दै आएको सरकारलाई अर्को महत्वपूर्ण सफलता मिलेको छ ।  सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो । उनलाई गएराति पक्राउ गरिएको खुल्न आएको छ । यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो ।  

उनी जिम्मेवारी सम्हालेको केही महिनामै पक्राउ परेका छन् । बिकको पक्राउपछि उपत्यकामा विप्लव माओवालीलाई ठूलै धक्का लागेको बुझिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *