वर्षाको कारण भत्कियो ग्रीनहिल सिटी हाउजिङको निर्माणाधीन घर
२०७६ भदौ १८ गते

भाद्र १८, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले निर्माणधिन घर भत्किएको छ ।
मंगलबार राति २ बजे अत्याधिक वर्षाको कारण उक्त घर भत्किएको प्रहरीले जनाएको छ ।
घरको संरचनामात्र तयार भएकोले यस निर्माणधिन घरमा कुनै मानवीय क्षती भने नभएको प्रहरीले जानकारी दिएका छन् ।

ग्रिनहिल सिटी हाउजिङका अनुसार निर्माणाधीन घर के कारणले भत्कियो अध्ययन भईरहेको छ ।
२०७६ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित









