काठमाडौँमा पैदलयात्रुको २ तोलाको सुनको सिक्री लुटियो

भाद्र २२, काठमाडौँ । काठमाडौँमा एक ६७ वर्षिय महिलाको बाटोमा हिँडीरहेको अवस्थामा २ तोलाको सुनको सिक्रीसुनको सिक्री  लुटिएको छ ।   

काठमाडौँको सुकेधारा ओम कोलोनीस्थित सडकमा हिँडीरहेको बेला काठमाडौँ धापासी बस्ने ६७ वर्षीया महिलाको २ तोलाको सुनको सिक्री लुटिएको हो ।   

नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई लुटेराले उक्त महिलाको सिक्री लुटी फरार भएको प्रहरीले जनाएको छ ।   

Image result for सुनको सिक्री लुटियो

प्रहरीका अनुसार  घटनाबारे अनुसन्धान हुनको साथै ती लुटेराको तीव्र रुपमा खोजतलास भईरहेको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *