विद्यार्थीलाई टेरेन सिएमसिले, विद्यार्थी पुन: आन्दोलित

  

असोज १३, चितवन  ।  चितवन मेडिकल कलेजका विद्यार्थीहरु पुन: आन्दोलनमा उत्रिएका छन् । चितवन मेडिकल कलेजले पुर्व सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।  जिल्ला प्रशासन कार्यालय भएको छलफलमा बढी शुल्कका बारे असोज १० गते भित्र प्रतिवेदन तयार पार्ने सहमती भएको थियो । 

तर मिति भन्दा ३ दिन पछाडी भई सक्दा समेत कुनै प्रतिवेदन तयार नभएकाले विद्यार्थीहरु आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीहरु तथा उनीहरुका अभिभावकहरुले मंगलवार चितवन मेडिकल कलेज अगाडी विरोध सभा गरेका छन् ।  

चितवन मेडिकल कलेजले पुर्व सहमति अनुसार विद्यार्थीहरुबाट लिएको रकमको पुरै विवरण नदिएको भन्र्दै विद्यार्थीहरुले आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए । चितवन मेडिकल कलेजले आलटाल गर्न खोजेको भन्दै पुन आन्दोलनमा उत्रनु परेको कलेजका विद्यार्थी प्रविण लामाले बताए ।   

सरकारले तोकेको भन्दा बढी रकम लिएको भन्दै आन्दोलित भएका विद्यार्थी र कलेजबिच जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा सहमति भएको थियो ।  

प्रशासनको पहलमा भएको सहमतिमा असोज १० गतेभित्र को को विद्यार्थीबाट कति कति रकम अतिरिक्त लिएको बारे एकिन रकम निकाल्न ७ सदस्यीय कार्यदल गठन भएको थियो ।  यता कलेज प्रशासनले भने चार वटा ब्याचको विवरण निकाल्न समय लाग्ने भन्दै समय माग गरेको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *