प्रधानमन्त्रीको स्वास्थ्यबारे बुझ्न पौडेल सिंगापुर प्रस्थान

भाद्र १७, काठमाण्डौँ । मंगलबार  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय महासचिव विष्णुप्रसाद पौडेल सिङ्गापुर प्रस्थान भएका छन् ।   

महासचिव पौडेल स्वास्थ्य उपचार गर्न सिंगापुर गएका  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर प्रस्थान भएका हुन् । 

महासचिव पौडेलसँगै  नेकपाका सचिवालय सदस्य वामदेव गौतमपनि सिंगापुर  जाने खबर बारिएपनी उनी एक्लै सिंगापुर गएका हुन् ।   

पौडेलले सिंगापुर उड्नुअघि आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तय भएको बताएका थिए । उनले प्रधानमन्त्री स्वस्थ रहेको र नेतृत्वसँग नियमित सम्पर्कमा रहेको समेत जानकारी गराएका छन्  । 

भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका प्रधानमन्त्री ओलीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार गरिएको थियो भने बुधवार अन्तिम चरणको उपचार प्रक्रिया हुनेछ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *