मेडिकल कलेजमा झडप हुँदा प्रहरीले गर्यो विद्यार्थीमाथी लाठीचार्ज, १८ विद्यार्थी पक्राउ

भाद्र २५, चितवन । बुधबार बिहान चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ । 

अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप हुँदा  १८ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा एक विद्यार्थी ।  नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रहेका छन् ।   

उक्त झडपमा विद्यार्थीले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए भने प्रहरीले विद्यार्थीमाथी लाठीजार्च समेत गरेका थिए ।  झडपमा परी केही विद्यार्थी घाईते समेत भएका छन् ।   

चितवन मेडिकल कलेज परिसरबाट  ७ जना महिला विद्यार्थी र ११ जना पुरुष विद्यार्थीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अस्पतालको सेवा प्रभावमा अवरोध पुर्याएकोले उनीहरुलाई नियन्त्रणमा लिएका प्रहरीले जनाएको  छ । 

सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिएको भन्दै विगत केहिदिन यता चितवन मेडिकल कलेजमा चितित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित हुदै आएका छन् । यता चितवन मेडिकल कलेजले  नियमित काममा अबरोध पुर्याएको प्रती ध्यानाकर्षण भएको जनाएको छ । 

प्रशासन शाखाले एक बिज्ञप्ति जारी गरि विद्यार्थीको आन्दोलनले काममा अवरोध पुगेको भन्दै शुल्क बिवादका सम्बन्धमा सरकारलाइ प्रतिबेदन बुझाइ सकेकाले सरकारको निर्णय कुर्न र नियमित पठनपाठन सुरु गर्न आग्रह गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *