यस्तो छ आजको मौसम, भारी वर्षाको संभावना

भदौ ३१, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुने बताएको छ । मौसम विभाग पूर्वानुमान महाशाखाका अनुसार आज देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । 

राजधानी र आसपासका जिल्लाहरुमा वर्षा हुने जनाएको छ ।   

यसैगरी आज राती देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले अकस्मात आउने मेघ गर्जन सहितको वर्षामा सावधानी अपनाउन आग्रह गरेको छ ।  

null

विभागले देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पुर्वी भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु अनुराेध गरेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *