काभ्रेमा बस दुर्घटना हुँदा ११ घाइते
२०७६ असोज ९ गते

फाेेटाे फाइल
असोज ९, काभ्रे । काभ्रेमा मादन कुडारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
काभ्रेको भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौरमा भएको यस बस दुर्घटामा परी भएको ६ जना गम्भीर घाइते भएका छन् भने घाइते मध्य चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएका छन् ।

दुर्घटनामा परी गम्भिर घाइतेहरुको धुलिखेल अस्पताल उपचार भईरहेको र सामान्य घाइते हुनेहरुको दोलालघाटमा रहेको स्वास्थ केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित









