सरकारको तयारीः निजामती सेवाका कर्मचारीकाको संख्या कटौती गर्ने

असाेज ६, काठमाडौँ । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौति गर्ने तयारी गरिरहेको  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिएका छन् ।   

सोमबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।   

उनले उक्त कार्यक्रममा लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको प्रस्टाएका थिए । मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो गर्दै निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता गरेका छन् ।   

Image result for लालबाबु पण्डित

मन्त्री पण्डितले  निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *