एनआरएनए जापानका निवर्तमान महासचिव घिमिरेको आईसीसी सचिवमा उमेदवारी

भदौं ३१, काठमाडौं । गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि हुने आइसीसी महाधिवेशनमा जापानबाट सचिवमा उम्मेद्वारी घोषणा भएको छ । एनआरएनए जापानका निवर्तमान महासचिव वुद्धिराज घिमिरेले सचिवमा उमेदवारी घोषणा गरेका हुन् ।
नेपालमा ३ बर्ष प्रशासनिक फाँटमा अनुभव वटुलेका घिमिरे एनआरएनए जापानको कान्तो क्षेत्रको सचिव हुँदै एनआरएनए जापानको सचिव र महासचिव भएर कार्यकाल पूरा गरिसकेका छन् । उनले आफ्नो अनुभवलाई सदुपयोग गरी एनआरएनलाई सबै प्रवासी नेपालीको साझा संस्थाका रुपमा विकास गर्न आफ्नो उम्मेद्वारी रहेको बताए ।
आइसीसीको सचिवमा दावेदार गर्दै गर्दा प्रवासी नेपालीहरुसँगको सम्वन्ध र सहकार्यलाई थप मजबुद गर्नको लागि आफुले सचिवमा उम्मेद्धारी दिने घोषणा गरेको उनको जिकिर छ ।

सन् ०११ ०१३ मा कान्तो क्षेत्रको सचिवमा निर्विरोध चयन भएका घिमिरे सन् ०१५ ०१७ मा एनआरएनए जापानका सचिव थिए । यद्यपी सो समयमा महासचिवको अनुपस्थितिमा कार्यभार सम्हालेका घिमिरे ०१७ ०१९मा एनआरएनए जापानको निवर्तमान महासचिव हुन् । जापानमा एक दशकदेखी रेष्टुरेण्ट र रेमिट्यान्सको व्यवसाय गर्दै आएका छन् । उनी एक दर्जन संघसंस्थामा जिम्मेवार पदमा कार्यरत छन् ।
एनआरएनए आइसीसीको ग्लोवल सम्मेलन अक्टोवर १५,१६ र १७ तारिख काठमाडौंमा हुदै छ भने २०१९ २१ को अभियानलाई निरन्तरता दिने घोषणा गरेका घिमिरेले क्षेत्रीय समिति र एनसिसिमा आफुले गरेको कामको अनुभव, जिम्मेवारी र अग्रजलाई सम्मान गर्दै सचिवमा उमेदवारी दिन लागेको बताए ।
यस्तो छ उनको आइसीसी योजना
१. आईसीसी र एनसीसी बिचको सम्वन्ध, समन्वय र सहकार्यमा बिशेष भुमिका निर्वाह गर्ने ।
२. आयमुलक तथा सेवामुलक कार्य विस्तारको लागि पहल गर्ने ।
३. जापानको एनसीसीले राखेको प्रस्ताव अनुरुप नेपालको पर्यटन प्रर्वद्धनको लागि नेपाल सरकार पर्यटन मन्त्रालय र पर्यटन सँगको समन्वयमा एनआरएनए एनसीसी कार्यालयबाटै पर्यटन र प्रर्वद्धनको सूचना उपलब्ध तथा विषय विज्ञ श्रोत व्यक्ति तय गरिने ।
४. जापानको एनसीसीले राखेको प्रस्ताव अनुरुप बिदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयनको लागि एनआरएनए मार्फत पहलकदमी गर्ने ।
५. जापानको एनसीसीले राखेको प्रस्ताव अनुरुप बिदेशमा अलपत्र, वेवारिसे तथा मृत्यु भएका व्यक्तिको उद्दार गरि नेपाल लैजान सरकारी संलग्नता सुनिश्चित गर्न बिदेश जाने समयमै निश्चित शुल्क लिएर नेपाल सरकारले जिम्मेवारी लिन दूतावास तथा एनआरएनए मार्फत पहल गर्ने ।
६.एनसीसी जापानले विद्यार्थीहरुको लागि लागु गरेको छात्रवृति अभियान सम्भव भए सम्म सबै एनसीसीलाई गर्नको लागि सहयोग गरिने ।
७.विषय विशेषज्ञहरुको विज्ञताबारे संकलन गरिएको तथ्यांकलाई विज्ञता अनुसार बिश्वमा रहेका नेपालीको हित सहित समृद्ध नेपाल निर्माणमा सहयोगी बन्ने कार्यक्रम तय गर्ने ।
८.आगामी कार्यकालबाट बिधानको नेपाल सरकारको मापदण्ड अनुसारका गैरआवसीय नेपाली सोतहरु निःशुल्क सदस्य हुने अभियान चलाउने ।
९.पर्यटन बर्ष २०२० र २०२० को जापानमा हुने ओलम्पिकको लागि बिशेष महत्व दिदै सरोकारवाला सँग समन्वय र सहकार्य गरि ऐतिहासिक कार्यकाल बनाउने ।








