लागु औषधसहित तामाङ र श्रेष्ठ पक्राउ

भदौ ३१, काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर–२ नागढुंगाबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् ।
धरानबाट काठमाडौँ आउँदै गरेको ना६ख ९४७९ नम्बरको बस चेकजाँच गर्ने क्रममा सोही बसमा यात्रा गरिरहेका सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर–७ का आशिष श्रेष्ठ लागु औषधसहित पक्राउ परेका हुन् ।
झोलाभित्र पेपरले बेरी लुकाई छिपाई ल्याएको लागु औषध डाइजेल्याब ९ एम्पल, लुपिजेसिक ९ एम्पल र फेनिरामाईन ९ एम्पल गरी जम्मा २७ एम्पल र सिरिन्ज ५ थान सहित श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठको साथबाट बरामद लागुऔषध
उक्त लागुऔषध सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १५ का २६ वर्षीय प्रकाश तामाङले मगाएको प्रहरी अनुसन्धानमा श्रेष्ठले खुलाएका छन् । प्रहरीका अनुसार श्रेष्ठमार्फत् तामाङलाई पनि काठमाडौंको कलंकीबाट नियन्त्रणमा लिइएको छ ।
लागुऔषध किन्नका लागि श्रेष्ठलाई कुरिरहेका तामाङको साथबाट खरिदका लागि ल्याइएको १ हजार ५ सय रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।








