रेमिट्यान्स सिस्टम ह्याक गरेर ३१ लाख चाेर्ने ८ पक्राउ

असोज ७, काठमाडौँ । प्रहरीले रेमिट्यान्स सिस्टम ह्याक गरेर पैसा चोरी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।   

पानस रेमिट ह्याकिङ गरेर ३१ लाख रुपैयाँ चोरी गरेको आरोपमा ति ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा काठमाडौँका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, संजय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागर रहेका छन् ।   

Image result for पैसा चोरी

विदेशी ह्याकरको योजनामा  नेपालमा बसेर काम गर्ने  उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट नियन्त्रण लिईएको प्रहरीले जनाएको छ ।   

हाल उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

साथै प्रहरीले गएराती  कृषि विकास बैंकका तीन वटा शाखाबाट झण्डै २ करोड रुपैयाँ चोरी गरेको अरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुको नाम भने प्रहरीले सार्वजनिक गर्न बाँकी नै छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *