किसानले गरे मुख्यमन्त्री र मेयरको ध्यानाकर्षण

असोज ८, चितवन ।  आफुहरुले लगाएको धानखेतीमा बाला नलाग्ने समस्या देखिएको पछि चिन्तित बनेका चितवनका किसानहरुले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको ध्यानाकर्षण गराएका छन् । 

 चितवन केरा उत्पादक संघका वार्षिक साधारण सभामा सहभागी हुन आएका मुख्यमन्त्री पौडेललाई रत्ननगगरका किसानहरुले आफ्नो समस्या राख्दै ध्यानाकर्षण गराएका हुन् । पुर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिकामा किसानले लगाएको गरिमा जातको धानमा बाला नलाग्ने समस्या देखिएको छ । यस्तो समस्या देखा पर्दा समेत स्थानीय तह मौन रहेको भन्दै रत्ननगरमा भेला भएका किसानहरुको समुहले ११ सदस्यीय गरिमा हाइव्रेड धानकाे बीउ पीडित किसान संघर्ष समिति समेत गठन गरेका थिए ।  

सोही संघर्ष समितिले बुधवार मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो ।  ध्यानाकर्षण पत्र वुझ्दै मुख्यमन्त्री पौडेलले  प्राविधिकहरुसंग सल्लाह गरेपछि समस्या समाधानमा लाग्ने बताए । कृषि विज्ञहरुको टोलीले वाला नलाग्ने समस्या देखिएपछि चितवनमा स्थलगत अध्ययन समेत गरिसकेका छन् । 

संर्घष समितिले बुधबार नै रत्ननगर नगरपालिकाका मेयर नारायण वनको समेत ध्यानाकर्षण गराएको छ । मेयर बनले गरिमा नामको हाइब्रेड धान भनिए पनि उक्त  धानको बिउ नै नभएको सुनिएको कारण प्राविधिकवाट जाँच गरिने र खराब बिउ  बेच्नेलाई कारवाहीको दायरामा ल्याउने बताए । 

सङ्घर्ष समितिले भने स्थानिय तहले किसानको समस्यालाई सामान्य तरिकाले हेरेको भन्दै ४८ घण्टा भित्र छानविन, क्षतीपूर्ती लगायतका प्रक्रिया सुरु नगरे रत्ननगरका सम्पुर्ण एग्रोभेटहरुमा तालावन्दी गर्ने चेतावनी दिएको छ । चितवनमा करिव ५ सय विगाहा भन्दा बढी क्षेत्रफलमा लगाएको गरिमा जातको धानमा वाला नलाग्ने समस्या देखिएको अनुमान छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *