कृषि मन्त्री खनाल अस्पताल भर्ना
२०७६ भदौ १९ गते

भदौ १९, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ लाई डेंगु लागेको छ । बुधबार बिहान उनी ग्राण्डी अस्पताल भर्ना भएका छन् ।
डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए ।
मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन थालेपछि उनी चेकअपका लागि निदान अस्पताल पुगेका थिए । डेंगु संक्रमणको आशंकामा अस्पतालले उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो ।

बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको हो ।
२०७६ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित









