सनराइज बैंकको वार्षिक उत्सवमा सहयोग सामाग्री वितरण
२०७६ असोज १३ गते

असोज १३, काठमाडौँ । सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालमन्दिरमा सहयोग सामाग्री वितरण गरेको छ ।
“Caring Humanity हामी संग संगै” भन्ने नाराको साथ बैंकले गैरी धारा स्थित बाल मन्दिरमा सहयोग सामाग्री वितरण गरेको हाे। सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराजतातेड, दीपक नेपाल तथा शारदा शर्मा पुडासैनी, रबैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बैंकले बालबालिकाको लागी रासन सामाग्री तथा जाडो महिनाको लुगा गरेर करिब १ लाख पचास हजार बराबरको सामाग्री वितरण गरेको छ । बैंकले आश्विनम हिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको ररूपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरू गर्दै जाने जनाएको छ ।
null
२०७६ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित









