खराब मौसम भएपछि माउण्टेन एयरको हेलिकप्टर आकस्मिक अवतरण

  

भाद्र २३, सुर्खेत ।  सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । 

आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा  इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।   

Image result for माउण्टेन एयरको हेलिकप्टर

बिहान ७ः३० बजे  बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।   

हेलिकप्टरमा चालक दलका तीन  सदस्य मात्र  थिए । हेलिकप्टर दैलेखदेखि नेपालगञ्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगञ्जबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । दैलेखमा आज  बिहानैदेखि लगातार वर्षा भइरहेको छ । रासस  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =