कर्मचारीद्वारा माइतीघरमा प्रदर्शन

असोज ७, काठमाडौँ । मंगलबार माइतीघरमा कृषि तथा भेटेरिनरी प्राविधिक कर्मचारीले प्रदर्शन गरेका छन् ।   

२०७२ सालमा भर्ना गरिएका करिब ३ हजार कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले सेवाबाट हटाउने निर्णय गरेपछी यसको विरोध गर्दै उनीहरू प्रदर्शनमा उत्रेका हुन् ।   

 ‘एक गाउँ एक प्राविधिक’ नारा अन्तर्गत भर्ना गरिएको उनीहरुलाई सरकारले भदौ ३१ को निर्णय अनुसार सेवाबाट हटाउने भएपछी उक्त निर्णयको खारेजीको माग गर्दै  उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।   

उनीहरुका अनुसार त्यस पछीको कार्यक्रम सत्तारुढ नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा धर्ना बस्ने रहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *