संसदमा प्रधानमन्त्रीको संबोधन गर्ने कार्यक्रम स्थगित

असोज २, काठमाडौँ ।  बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले  गर्ने भनेको संबोधन कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।   

यसअघि प्रधानमन्त्री ओलीको सचिवालयले बिहीबार दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने सूचना दिएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङल बिहिबार  प्रधानमन्त्रीको कुनैपनी संबोधन गर्ने कार्यक्रम नरहेको जानकारी दिएका छन् ।  

Image result for प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमनत्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालभने  शुक्रबार संविधान दिवस परेको र त्यही दिन बोल्ने भएकाले आजको सम्बोधन स्थगित भएको बताए ।  

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा नेकपाको तर्फबाट संसदीय दलका उपनेता नेम्वाङले नै संबोधन गर्ने कार्यक्रम रहेको छ भने  प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्ने बताईएको छ ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *