शिरदेवीको शिर उचो पार्ने काम, लागू औषध विरुद्ध सचेतना

भद्र २०, चितवन ।  लागू औषध सेवनमा युवाहरु फस्ने क्रम वढ्दै गएपछि चितवनको रत्ननगरमा त्यसको विरुद्ध शुक्रवार सचेतना मुलक र्याली तथा सभा गरिएको छ ।  

रत्ननगर नगरपालिका वडा नम्वर १४ मा रहेको शिरदेवी युवा क्लवको आयोजनामा विद्यार्थीदेखी पूर्वमन्त्रीको उपस्थितीमा र्यालि निकालिएको हो । नेपाल उच्च माध्यमिक विद्यालयको खेल मैदानबाट सुरु भएको र्याली वजार परिक्रमा गरि आधारभुत विद्यालय अमिलियामा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा नगर भित्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधी, युवा क्लवका प्रतिनिधी, जनप्रतिनिधी, महिला स्वयम सेविकाहरु लगायत सहभागी थिए । 

 र्यालि पछि आयोजित सभामा वोल्ने वक्ताहरुले अभिभावक सचेत रहे धेरै हद सम्म युवाहरु कुलतमा फस्नबाट वच्ने वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश साँसद कृष्ण प्रसाद खनालले नयाँ परिवर्तनसंगै विकृती पनि भित्रिएको उल्लेख गर्दै यसको सभ्य समाज निर्माणका लागि सवै क्षेत्रबाट प्रतिवद्धता जनाउनु पर्ने वताए । सांसद खनालले लागू औषध नियन्त्रणका लागि भएका कानुन कार्यान्वयन कडाईका साथ लागू भए युवाहरु कुलतमा फस्नबाट वच्ने वताए । 

 पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले कुलतमा फसेपछि वाहिर निस्कन गाह्रो हुने भन्दै सचेत रहनु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक शालिकराम पौडेलले जुनसुकै अपराधमा लागू औषधको प्रयोग हुने भएकाले पुस्ता जोगाउन समेत लागू औषधको सेवनबाट टाढा रहनु पर्ने वताए । लागू औषधको सेवन,ओसार पोसारको अवस्था भयावह रहेको भन्दै प्रहरी नायव उपरिक्षक पौडेलले अव मौन वस्ने वेला नभएको धारणा राखे ।  रत्ननगर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठले दुर्व्यसन मुक्त समाज निर्माणका लागि अभिभावक चनाखो हुनु पर्नेमा जोड दिए । शिरदेवी युवा क्लवका अध्यक्ष जीतवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वुद्धिजिवी जगदिशचन्द्र शर्माले संचालन गरेका थिए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *