भरतपुरमा सवारी दुर्घटना, १ को मृत्यु

असोज ६, काठमाडौँ । भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति सावरी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मीको मृत्यु भएको हो ।   

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *