‘पारि किनारमा लासलाई श्रद्धाञ्जली, वारी राष्ट्रियगान सयौँ थुँगा…….

भदौ २१, काठमाडौँ । पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनुपर्ने सरकारको नयाँ नियम सुनेर राष्ट्रिय गान छनोट समितिका संयोजक सत्यमोहन जोशी छक्क परेका छन् । भन्छन्, ‘राष्ट्रसँग सम्बन्धित समारोहमा मात्र राष्ट्रिय गान गाउनु सान्दर्भिक हुन्छ । बिहे भोज, व्रतबन्ध, पास्नी जहाँसुकै बजाउन मिल्दैन ।’ 

सरकारले आगामी संविधान दिवस (असोज ३) देखि सिनेमा हलमा फिल्म सुरु हुनुअघि र तत्काल लागू हुने गरी पशुपति मन्दिर परिसरमा साँझको आरतीअघि राष्ट्रिय गान बजाउनैपर्ने निर्णय गरेपछि विरोध भइरहेको छ ।   

सामाजिक सञ्जालमा यसलाई लोकतान्त्रिक गणतन्त्रमा पञ्चायती राजको झल्को भनेर टिप्पणी गरिएको छ। ‘पारि किनारमा राखिएको लासलाई श्रद्धाञ्जली र शोकाकुललाई समवेदना। त्यो वातावरणमा ‘सयौं थुँगा…..’  राष्ट्रगानको यो जस्तो दुरुपयोग अरू के हो !’ सामाजिक सञ्जालमा प्रतिक्रिया छ, ‘राष्ट्रिय गानलाई नाचगान बनाउन खोजिँदै छ।’ 

null

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा पशुपति मन्दिरमा एक साताअघि प्रत्येक दिन साँझ हुने आरती अगाडि राष्ट्रिय गीत बजाउन थालिएको हो। उनले आफ्नो १०० दिनको कार्यसूचीमा पर्यटन प्रवद्र्धनका निम्ति धार्मिक तथा सांस्कृतिक स्थलमा राष्ट्रिय गान गाउने र झन्डा फहराउने विषय समेटेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *