राप्तीमा स्वास्थ्य संस्थाको वार्षिक समिक्षा

असोज ९, चितवन ।  चितवनको राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गरेका सेवा तथा स्वास्थ्य संस्थाहरुको अवस्थाकाबारे बिहिबार समिक्षा गरिएको छ ।  

भण्डारा अस्पतालमा भएको कार्यक्रममा आर्थिक वर्ष २०७३/७४, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को स्वास्थ्यको स्थितीकाबारे समिक्षा गरिएको थियो । तीन वर्ष भित्र स्वास्थ्य अवस्थाबारे प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । समग्र नगर भित्रका स्वास्थ्य संस्थाहरुबाट सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी देखिएको राप्ती नगरपालिका स्वास्थ्य शाखा संयोजक राजेन्द्र पराजुलीले बताए । 

महिला स्वास्थ्य स्वयमसेविकाहरुको भुमिकामा पनि सक्रियता पाईएको उनले बताए । नगर भित्र ४६ जना महिला स्वास्थ्य स्वयम सेविका छन् । त्यस्तै गाउँघर क्लिनिक पनि प्रभावकारी रहेको पाईयो । प्रत्येक क्लिनिकमा प्रति महिला १७८ जनाले स्वास्थ्य सेवा लिएका स्वास्थ्य संयोजक पराजुलीले जानकारी दिए । केन्द्रिय तथ्यांक र नगरको तथ्यांकका कारण खोपमा केही कमजोर पाईएको छ । 

निशुल्क औषधी तथा साधनको तालमेल नमिल्दा समग्रमा स्वास्थ्य स्थितीमा केही सुधार गर्नु पर्ने देखिएको स्वास्थ्य संयोजक पराजुलीले बताए । राप्तीमा एक आर्यूवेद सहित ८ वटा स्वास्थ्य संस्था छन् । समिक्षामा भण्डारा अस्पतालको तर्फबाट हेल्थ असिस्टेन्ट राजु विक, पिप्ले स्वास्थ्य चौकीबाट युसुफ आजाद अन्सारी, बीरेन्द्रनगर स्वास्थ्य चौकीबाट कृष्ण प्रसाद सुवेदी, खहरे सामुदायिक स्वास्थ्य इकाईबाट निलम गौतम,कोराक स्वास्थ्य चौकीबाट कुमार सापकोटा,लोथर स्वास्थ्य चौकीबाट सिताराम चौधरी, वासवाङ स्वास्थ्य चौकीबाट भक्त वहादुर गुरुङ र बीरेन्द्रगरको आर्यवेद केन्द्रबाट रामबाबु दासले आफ्नो संस्थाको प्रतिवेदन प्रस्तुत गरेका स्वास्थ्य शाखा सहसंयोजक राममणी सिलवालले जानकारी दिए ।  

समिक्षा बैठकमा राप्ती नगरपालिका प्रमुख प्रभा बरालले नगरवासीको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् ।  समिक्षामा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई लगायत बिभिन्न शाखाका प्रमुखहरुको उपस्थिती थियो ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *