माधवकुमार नेपालकाे चेतावनी

असोज ८, काठमाडौँ । बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि निरंकुशताको पक्षमा नरहेको बताए । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले काठमाडौंमा ‘कम्युनिष्ट पार्टीहरुको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’को उद्घाटन गर्दै यस्तो बताएका हुन् ।   

नेकपाका विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचन मार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन पनि अन्य राजनीतिक दलहरुलाई चेतावनी दिए । 

Image result for माधवकुमार नेपाल

उनले  जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिष्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको पनि स्पष्ट पारेका छन् ।   

नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालझै उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यामबाट जनताको विश्वास लिएर शासन सत्ता सञ्चालन गर्ने मौका पटकपटक पाउने गरेको पनि स्मरण गराए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *