चितवनका युवा पत्रकार सम्मानित

भाद्र २९, चितवन ।    चितवनमा लामो समय क्रियाशिल भई काम गरेका युवा पत्रकार  राजेन्द्र आचार्य सहित पहिलो पटक सातै प्रदेशका ७ उत्कृष्ट किसानसहित विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । 

पत्रकार आचार्यसगैँ अर्का युवा फोटो पत्रकार तथा नागरिक साप्ताहिकका संवाददाता र मेरो फिल्म डट कमका प्रधानसम्पादक श्रीधर पौडेलसहित ७ उत्कृष्ट किसानहरु र अन्य व्यक्तिहरुलाइ नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरल, पूर्व उद्योग मन्त्री महेश बस्नेत, कृषि तथा पशुपंक्षी मन्त्रालयकी राज्यमन्त्री राम कुमारी चौधरी र शिखर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर नेपालले रुद्राक्ष र फूलमाला सहित सम्मानपत्रले सम्मानित गरेका थिए । 

शिखर व्याक्तित्व सम्मान २०७६ बाट चितवनकी समाजसेवी मञ्जु खाँड समेत सम्मानित भएकी छिन् । भने चितवनकै कुखुरा पालन क्षेत्रमा सक्रिय लक्ष्मी राणा समेत शिखर कर्मशिल कृषक अवार्ड सम्मानित भएकी थिईन् ।   

नेपाल टेलिभिन र नागरिक साप्ताहिकका संवाददाता रहेका युवा आचार्य विगत १५ बर्षदेखि पत्रकारितामा सक्रिय छन् ।  प्रेस सेन्टर नेपाल चितवन शाखाका सचिवसगैँ चितवनमा स्थानिय सौराहा अनलाईन डिजिटल पत्रिका र नमस्ते बिहानी साप्ताहिक पत्रिका प्रधानसम्पादक समेत रहेका छन् । 

यस्तै सम्मान मार्फत हरेक प्रदेशबाट एक–एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय शिखर कृषक अवार्ड सहित १५ हजार नगद पुरस्कारसहित पाँच–पाँच जनालाई सम्मान गरेको थियो । विभिन्न विधामा करिब एक सय भन्दा बढीलाई सम्मान गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =