संविधान दिवसमा कामना सेवाको सरसफाई अभियान तथा अन्य कार्यक्रम

असोज ३, काठमाडौँ ।  कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान, २०७६ आयोजना गरि संविधान दिवस मनाएकाे छ ।   

सामाजिक उत्तरदायित्व अर्न्तगत गरिएको यस अभियानलेसरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यताबारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ ।   

संविधान दिवस २०७६ को अवसरमा बैंकद्धारा OD CARD सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको थियो ।   

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *