रोकिएन गाँजाखेती, प्रहरीद्धारा ३ विगाहामा लगाईएको गाँजा नष्ट

भद्र १५, चितवन । चितवनको राप्ती नगरपालिकाको पहाडी वडाहरुमा लगाईएको गाँजाखेती नष्ट गरिएको छ । 

 इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशिल कुमार पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका वडा नम्वर १२ र १३ का विभिन्न स्थानमा लगाईएको गाँजाखेती नष्ट गरेको हो ।  

वडा नम्वर १२ को नौलापुर र वडा नम्वर १३ को माथिल्लो कान्दा, तल्लो कान्दा र वासलिङ क्षेत्रमा करिव ३ विगाहा क्षेत्रफलमा लगाईएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए । साथै अन्दाजी २ लाख भन्दा वढि वेर्ना र वेर्ना राखेको नर्सरी समेत नष्ट गरिएको उनले वताए । 

 चितवनको राप्ती नगरपालिकामा ४ वटा वडा पहाडी भेगमा पर्छ । भौगोलिक अवस्थाका कारण त्यहाँ सहज रुपमा पुग्न कठिन हुने भएकाले तस्करहरुले त्यहाँका स्थानीयलाई प्रयोग गरि गाँजाखेती गर्ने गरेको प्रहरीले जनाएको छ । 

चितवनसंगै जोडिएको मकवानपुरको पहाडी वडाहरुमा समेत व्यापक मात्रामा व्यवसायिक रुपमै गाँजाखेती हुँदै आएको छ । प्रत्येक वर्ष त्यस क्षेत्रमा प्रहरी पुगेर गाँजा नष्ट गर्ने गरेतापनि पुन खेती गर्दै आएका छन् । वेला वेलामा नेपाल प्रहरी र शशस्त्र प्रहरीले त्यस क्षेत्रमा तयारी अवस्थामा रहेको गाँजा पनि वरामद गर्दै आएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *