काठमाडौँबाट पेस्तोल र नक्कली सुन सहित ९ पक्राउ

भाद्र २२, काठमाडौँ । काठमाडौँमा  पेस्तोल र  नक्कली सुनसहित ९ जना पक्राउ परेको छ ।   

प्रहरीले काठमाडौँ माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्स वारबाट  दुई वटा पेस्तोल र एक किलो नक्कली सुनसहित ९ जनालाई नियन्त्रणमा लिर्ईएको हो ।   

नुवाकोट तारकेश्वरका २९ वर्षीय राम बहादुर तामाङ, बिदुर नगरपालिकाका २७ वर्षीय पिटर तामाङ,२५ वर्षीय धर्मराज तामाङ, गोरखा अजिरकोट गाउँपालिकाका ३८ वर्षीय कुशल अधिकारी, धादिङ खनियाबास गाउँपालिकाका २६ वर्षीय बिजय तामाङ, रसुवा छोदिम्बुका ३० वर्षीय योर्साङ लामा, गुल्मीको ईस्माका ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगयाका ३६ वर्षीय छिरिङ तामाङ र नुवाकोट तारकेश्वरका २८ वर्षीय राजन तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।   

Image result for नक्कली सुन सहित पक्राउ

प्रहरीका अनुसार  उनी  २ वटा सानो चाईनिज पेस्तोल, त्यसमा लाग्ने ४ राउण्ड गोली र १ किलो नक्कली सुन सहित पक्राउ परेका हाे ।  

पक्राउ परेको उनीहरुमाथी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *