बेलायतले २ वर्षे वर्किङ भिसा दिँदा नेपाली विद्यार्थीलाई के फाइदा ?

भाद्र २५, काठमाडौं । विदेशी विद्यार्थीले बेलायती विश्वविद्यालयबाट ‘ग्रयाजुएट’ भएपछि दुई वर्षसम्म ‘वर्किङ भिसा’ पाउने भएका छन् । बेलायती सरकारले इन्टेक २०२०–२१ देखि यस्तो नियम ल्याउन लागेको हो । उक्त कुरा बेलायत होम अफिसको अध्यागमन सम्बन्धि पछिल्लो श्वेत पत्रमा उल्लेख गरिएको छ । 

तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा सन् २०१२ मा हटाइएको पोस्ट स्टडी वर्क भिसा व्यवस्था पुनः ल्याउन लागिए सँगै अन्तराष्ट्रिय विद्यार्थीहरु बेलायत तर्फ आकर्षित भएका छन् । बेलायतमा विदेशी विद्यार्थीलाई हाल ब्याचलर्स, मास्टर्स वा पिएचडी गरेपछि चार महिनामात्र काम गर्न छुट छ । नयाँ प्रावधानले नेपाली विद्यार्थीलाई समेत बेलायत गएर अध्ययन गर्न र काम गर्न थप सुविधा हुने शैक्षिक परामर्श ब्यवसायीले बताएका छन् ।   

करिब १० वर्ष अघिको प्रावधान पुनः ल्याउन लागिएको छ । यसले बेलायत गएर उच्च शिक्षासँगै करियर बनाउने चाहना भएका नेपाली विद्यार्थीलाई ठूलो सहयोग पुग्छ ।’ राइटपाथ करियर काउन्सेलिङका सिइओ फिलिप डिसीले बताए । ‘बेलायत इयूबाट अलग्गिएपछि विदेशी विद्यार्थीको संख्या कम हुँदै जानु र बेलायतको आर्थिक अवस्थामा परिवर्तन गर्नपनि पुनः वर्किङ भिजा सुरु गरिएको हो ।’ उनले भने ।   

Related image

डिसीका अनुसार ब्याचलर्स, मास्टर्स र पिएचडी गर्न बेलायत जाने विद्यार्थीले यो भिसाबाट प्रत्यक्ष फाइदा लिन सक्छन् । ‘खर्च हिसाबले बेलायतमा अध्ययनपछि काम गर्दै आफ्नो लगानी उठाउने र सेटल हुने यो राम्रो अवसर हो ।’ उनले भने । 

प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मुल उद्देश्य विश्वभरका विद्यार्थीलाई बेलायती विश्वविद्यालयतर्फ आकर्षित हो ।  यूरोपियन कानुन अनुसार बेलायती र ईयू विद्यार्थीलाई वर्षको ९ हजार २५० पाउन्ड ट्युसन फी तोकिएको छ तर अन्तराष्ट्रिय विद्यार्थीलाई ’लिमिट’ छैन । अन्तराष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयले आफ्नै ढंगले शुल्क लिन सक्ने प्रावधान छ ।   

अन्तराष्ट्रिय विद्यार्थीले बेलायतमा अध्ययन गर्दा वार्षिकरुपमा प्रत्यक्ष–अप्रत्यक्ष करिब २० बिलियन पाउन्ड योगदान गरिरहेका बताइन्छ । हाल बेलायती विश्वविद्यालयमा ४ लाख ६० हजार अन्तराष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =