शान्ति सेनामा खटिने सैनिकको भत्ता बढ्यो

भदौ ३१, काठमाडौं । शान्ति सेनामा खटिने नेपाली सैनिकको भत्ता बढेको छ । नेपाली सेनाको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको भदौ ३० को बैठकले भत्ता बढाउने निर्णय गरेको हो ।   

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले १ अक्टोबरदेखि लागु हुने गरी सिपाहीको प्रति महिना ९ हजार ७ सय ६० रुपैयाँले भत्ता बढाउने निर्णय गरेको हो ।   

तल्लो दर्जाका बन्दोबस्ती कार्य सिपाहीको भत्ता एकैपटक ८५ अमेरिकी डलर बढाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   

Image result for सैनिक मुख्यालय

हाल प्रतिमहिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १०२९ मा अमेरिकी डलरमा ८५ थप गरी प्रतिमहिना अमेरिकी डलर १ हजार १ सय १४ पुर्याइएको हो ।   

गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीको भत्ता अमेरिकी डलर २१ बढाइएको छ । महिनामा १ हजार ३ सय ७८ अमेरिकी डलर भत्ता लिने प्रमुख सेनानीले अब १ हजार ३ सय ९९ डलर पाउँनेछन् ।   

यसले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख रुपैयाँ व्ययभार पर्नेछ । तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको बताइएको छ ।   

राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा अहिले पाँच हजार भन्दा बढी नेपाली सैनिक कार्यरत छन्। ४३ मिसनमा गरी हालसम्म एक लाख २७ हजार ३९० सैनिक शान्ति स्थापनामा सहभागी भएका छन्। अहिले नेपाली सेना १२ देशमा शान्ति मिसनमा खटिएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *