एउटै ऋणका १९ तमसुक, मिटर ब्याजका १९९ पीडितले ४ वर्षदेखि न्याय पाएनन्

भदौ १५, काठमाडौँ । पशुपति मन्दिरमा सर्लाही रिनादेवी साहले भाकल गरिन्, ‘भगवान हमरा न्याय दिय । हमर मनोकामना पूरा होयत त तरिवल चढायब ।’ यसरी न्यायको याचना गर्दै भाकल गरेको डेढ वर्ष भइसक्यो । तर उनको पुकार पूरा भएको छैन ।
त्यसैले उनी सर्लाही, महोत्तरी र रौतहटका आफूजस्तै मिटर ब्याजपीडित ५३ जनासँग फेरि काठमाडौँ आइन् । माइतीघर मण्डलामा प्रदर्शनमा सामेल भइन् ।
०४७ पुस दोस्रो साता काठमाडौँको ठिही झेल्दै सर्लाहीको जब्दी, पिपरियालगायत ठाउँका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौँ आएका थिए । एक साता भौँतारिएर उनीहरु काठमाडौँ आएका थिए । एक साता भौतारिएर उनीहरु रित्तो हात फर्किए ।
न्याय प्रणाली, प्रशासन र विधिलाई कागजी खेलको भरमा आफ्नो हातमा लिँदै मिटर ब्याजको धन्दा चलाइरहेका सर्लाहीका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साहिले उनीहरुलाई निरन्तर धम्क्याई रहे । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।








