‘समयमै सुचना दिनुस्, सुरक्षामा सम्झैता गर्दिन’

भदौ १७, चितवन । एक साताअघि इलाका प्रहरी कार्यालय टाँडीको जिम्मेवारी सम्हालेका प्रहरी नायब उपरिक्षक (डिएसपी) भावेश रिमालले शान्ति, सुरक्षा कुनै सम्झौता नगर्ने बताएका छन् ।   

रत्ननगर उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा डिएसपी रिमालले सुरक्षामा सम्झौता गर्न नसकिने बताएका हुन् । ‘सबै क्षेत्रको विकासले मात्रै समृद्ध नेपाल बन्छ । विकाससँग सुरक्षा जोडिने हुँदा यसमा एक इन्च पनि सम्झौता गर्दिन,’ डिएसपी रिमालले भने ।   

डिएसपी रिमालले सामान्य कुराले पनि ठुलो दुर्घटना हुने भन्दै प्रविधिको प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न सुझाव दिए । कम जनशक्तीका बावजुद काम गर्नु परेको बताउँदै उनले उपलब्ध जनशक्तीबाटै पर्याप्त मात्रामा शान्ति सुरक्षाको व्यवस्था मिलाइएको बताए ।   

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञानबहादुर विसुरालले उद्योग व्यवसाय अर्थतन्त्रको मेरुदण्ड भएकाले शान्ति अमनचयन चुस्त राख्नु पर्ने बताए । संघका पूर्व अध्यक्ष गोपाल कर्मचार्यले हिरासत रित्तो हुने गरि आफ्नो कार्यकालमा काम गर्न डिएसपी रिमाललाई सुझाए ।   

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले पूर्वी चितवन पर्यटन,कृषि,पोल्ट्रीको हव रहेको उल्लेख गर्दै यी क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन आग्रह गरे ।   

कार्यक्रममा संघका पूर्व अध्यक्ष केशव कर्मचार्य, राजेन्द्र कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,उपाध्यक्ष शंकर गिरी, महासचिव निराजन खनाल, सदस्यहरु शिवलाल श्रेष्ठ, लोजिक सागर श्रेष्ठ लगायतले ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण, व्यवसायमा सुरक्षा चुस्त पार्नुपर्ने लगायत माग गरेका थिए । कार्यक्रम संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =