सपना भिलेजको परियोजनाले ल्यायो चेपाङ समुदायमा परिवर्तन

  

असोज १२, चितवन ।  चेपाङ समुदायको परिवर्तनका लागि चितवनको सिद्धीमा संचालित प्रकृतिको संरक्षण गर्दै सिद्धीको विकासमा एक कदम नामक परियोजना सफल भएको दाबी गरिएको छ ।   

सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले वि.सं.२०७३ सालमा यो परियोजना सुरु गरेको थियो । कालिका नगरपालिका १० स्थित मझवाङ माध्यमिक विद्यालयमा शनिबार एक समारोहका बीच परियोजना अन्तर्गत संचालित प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गर्दै कार्यक्रम समापन गरिएको हो ।   

चेपाङ समुदायमा चेतनाको स्तर वृद्धी गरि प्रत्यक्ष जीवनमा परिवर्तन गर्ने उदेश्यसहित परियोजनाले साविक सिद्धी गाविस अर्थात कालिका नगरपालिका वडा नम्वर १०  र ११ मा काम गरेको थियो । यस क्षेत्रका स्थानीयको जीवन परिवर्तनका लागि सोही समुदायबीचनै प्रतिस्पर्धा गराईएको थियो ।  

सिद्धीमा वसोवास गर्ने उनीहरुको सरसफाई, घरको अवस्था, करेसावारी, शौचालयको अवस्था, विद्यार्थीको पढाईलगायतका क्षेत्र कमजोर रहेको पाईएपछि सपना भिलेज सोसियल इम्प्याक्टले नगरपालिकासंग सहकार्य गरेर उनीहरुको जीवनमा परिवर्तन ल्याउन परियोजना संचालन गरेको हो ।   

परियोजनाले सरसफाई, घर, करेसावारी, शिक्षा, स्वास्थ्यलगायतका परिवर्तन आएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । चेतनाको कमीका कारण यहाँका विषेशत चेपाङ समुदायको अवस्था दयनिय थियो इम्प्याक्टका अध्यक्ष गिरीले भने ‘बाटो देखाउने काम भएको छ, अब कसरी अगाडी बढ्ने भन्ने कुरामा यहीकै स्थानीयमा भर पर्छ ।’ 

परियोजना अन्र्तगत आयोजित अन्तर घर प्रतियोगिता, अन्तर आमा समुह, उत्कृष्ठ किसान र उत्कृष्ठ २ कर्मचारीलाई समापनका अवसरमा पुरस्कृत गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन वस्नेतले बताए ।   

परियोजनाले कालिका १० र ११ मा १५ वटा उपसमुह बनाएर प्रतिस्पर्धा गराएको थियो । जस अन्र्तगत समापनका अवसरमा ७५ घर, ३ वटा आमा समुह, उत्कृष्ठ सानहरु (फलफुल, मौरी, बोका र खोर सुधार) गर्नेहरुलाई नगदसहित पुरस्कृत गरिएको कार्यक्रम निर्देशक वस्नेतले बताए ।   

प्रतिनिधीसभा सदस्य एवंम् संसदको कानुन, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा विजयीहरुलाई पुरस्कृत गरिएको हो ।   

समापन समारोहमा प्रदेश सांसद घनश्याम दाहाल, कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठ, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ लगायतको उपस्थिती थियो । समापन कार्यक्रममा वोल्दै उनीहरुले परियोजनाले यहाँका समुदायलाई बाटो देखाउने काम गरेको उल्लेख गर्दै आफ्नो विकोपार्जन,आर्थिक वृद्धीका लागि सक्रिय हुनु पर्नेमा जोड दिए ।   

सोसियल इम्प्याक्टका कार्यक्रम संयोजक अनिल अर्यालका अनुसार परियोजना संचालनको प्रत्येक ६, ६ महिनामा यहाँका अन्तर घर, अन्तर टोल,अन्तर विद्यालय, अन्तर निर्णायक, अन्तर स्वास्थ्यकर्मीलगायतलाई समेत पुरस्कृत गरिएको थियो । 

सिद्धीमा ९० प्रतिशत चेपाङ समुदायको वसोवास छ । चेपाङलाई सिमान्तकृत समुदायको रुपमा चिनिने गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *