नयाँ ए सिरिज २०२० सार्वजनिक गर्ने ओपोको तयारी

भाद्र २३, काठमाडौं ।  ओपोले नेपालमा ए सिरिज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको  छ । सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा “एनाइन २०२०” र “एफाइभ २०२०” रहेका छन् ।   

मध्यम बर्गिय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै यसमा सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएको छ । ओपो ए सिरिज २०२०ले विभिन्न आवश्यकता सहितका उपभोक्ताहरुको माग सम्बोधन गर्नुका साथै विशेषगरी, जेनरेशन जी यूवाहरुका लागि उत्कृष्ट हुने बताइएको छ ।   

विगत १० बर्षदेखि ओपो ओभरसिज बजारहरुमा सक्रिय छ । ओपो ए सिरिजलाई विश्व बजारमा उपभोक्ताहरुले अत्याधिक रुचाएका छन् । सन् २००९मा पहिलो ए सिरिज मोडल, ए १०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि लोकप्रियताका साथमा रुचाइएको छ । 

null

विगता १० बर्षमा अत्याधिक यूवा जमातले ओपो ए सिरिजलाई आफ्नो पहिलो स्मार्टफोनका रुपमा छनोट गरेका छन् । तिनले स्मार्टफोनको प्रयोगका बारेमा जान्नुका साथै यसमा रहेका क्यामेरा र एप्स लगायत प्रविधिले प्रयोगकर्तालाई सामाजिक हुने नयाँ तरिका खुलाउनुका साथै जीवनमा रहेका अनगिन्ति संभावना समेत औल्याउन सघाएको छ । 

यस दौरान ओपोले समय सान्दर्भिक नयाँ मोबाइल ट्रेण्ड्ससँग परिस्कृतिकरणपनि अपनाउँदै गएको छ । अहिले स्मार्टफोन फोन गर्ने वा उठाउने उपकरणमा मात्र सिमित नरही ब्यक्तिगत सहयोगीका रुपमा स्थापित हुँदै गइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *