नेपाल भाषाका महाकविको १५२ औँ जन्मजयन्तीमा गोष्ठीको आयोजा

भदौ २७, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषाका महाकवि सिद्धिदास महाजु अमात्यको १५२ औँ जन्मजयन्तीका अवसरमा विचार गोष्ठिीको आयोजना भएको छ ।   

गोष्ठीमा उनको व्यक्तित्व तथा कृतित्वका बारेमा चर्चा गरिएको थियो । सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मातृभाषामा योगदान पु¥याएका स्रष्टाहरूका सम्झनामा प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम आयोजना गर्ने गरेको बताए ।   

उपकुलपति डा. जगमान गुरुङले मातृभाषामा योगदान दिएका साहित्यकारहरूकै कारण देशभित्रका विभिन्न समुदायका मातृभाषाहरू लोप हुनबाट जोगिएको बताए ।   

null

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जीवनभरि साधना गरेर करिब ५० ओटा कृति प्रकाशनमा ल्याउने महाकवि महाजुको स्मृतिमा कार्यक्रम आयोजना गरेर प्रज्ञा–प्रतिषठनले सार्थक कार्य गरेको अनुभूति भएको बताए ।   

कार्यक्रमकी संयोजक एवम् साहित्य (मातृभाषा) विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीले नेपालमा बोलिने १२३ भाषा र तिनको साहित्यको संरक्षण र विकासमा आफ्नो विभागले गम्भीरतापूर्वक काम गरिरहेको बताइन् । 

महाकवि सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जनकण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध,  शारदा भजन, सुखदुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जनहृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाश लगायतका ५० ओटा कृति प्रकाशित छन् ।   

गोष्ठीमा, महाजुले नेपालभाषाको साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै उनको कृतित्व र व्यक्तित्वमाथि ‘महाकवि सिद्धिदास महाजुको व्यक्तित्व एवम् कृतित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. ओमकारेश्वर श्रेष्ठले दुःखकष्ट सहन बाध्य हुँदाहँुदै पनि ५० ओटा कृति दिएर नेपाल भाषाको उत्थानका लागि महाकविले ठूलो योगदान पुर्याएका बताए ।   

श्रेष्ठको कार्यपत्रमाथि टिप्पणी गर्दै  प्राध्यापक डा. प्रेमशान्ति तुलाधरले कार्यपत्रमा महाजुको साहित्यिक योगदानको बारेमा कम चर्चा भएको बताए । कार्यक्रममा गायक पवित्र कसाः, कवि कृष्णभक्त बोडे, शरद कसाः र रमेशकाजी स्थापितलगायतले आ–आफ्नो धारणा राखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =