काठमाडौंमा ट्रकको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
२०७६ असोज ७ गते

असाेज ७, काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो ।
गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रकले किचेका बालक अरमानको घटनास्थलमा मृत्यु भएको जानकारी दिए । उक्त ट्रकका चालक कृपाजित राई र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

२०७६ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित









