बम काण्डमा पक्राउ परेका विप्लव समूहका विश्वकर्मालाई जेल चलान

असोज १०, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका  एक ब्यूरो इन्चार्ज जेल चलान भएको छ । 

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा  पक्राउ परेका विप्लव समूहका  उपत्यका ब्यूरो इन्चार्ज नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएको हो । उक्त बम काण्डमा एक व्यक्तिले ज्यान समेत गुमाउनु परेको थियो । 

बिहिबार उनलाई जिल्ला अदालत ललितपुरले थुनामा राख्ने आदेश दिएपछी उनलाई पुर्पक्षका लागि   नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ। 

Image result for बम

प्रहरीका अनुसार  उनीमाथी कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योग जस्ता मुद्दा लागेको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =